व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रह
Read the full story at Nepal Khabar

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियुदीसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको जनाइएको छ।
वैदेशिक व्यापारमन्त्री थानीसँग भेटपछिको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ढकालले भनेका छन्, 'दुई देशबीचको आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको छ। ' ढकालका अनुसार आगामी वर्ष नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा स्वर्णजयन्तीलाई विशेष समारोहका साथ मनाउने विषयमा पनि कुराकानी भएको छ। भेटमा यूएईका मन्त्री थानीले स्वर्णजयन्तीलाई ऐतिहासिक उपलब्धिका रूपमा मनाउनेबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेको ढकालले बताए।
दुवै देशका सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यको गति कायम राख्न उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको ढकालले बताए। त्यसैगरी, नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई थप स्पष्ट नीतिगत तथा नियामकीय व्यवस्था उपलब्ध गराउने र लगानीको वातावरणमा विश्वास बढाउने उद्देश्यले लगानीसम्बन्धी संरचना (इन्भेस्टमेन्ट फ्रेमवर्क) सुदृढ गर्ने विषयमा समेत छलफल भएको ढकालले बताए।
More business
- सिटी सफारीको ठक्करबाट एक जनाको मृत्युDC Nepal
- मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रहDC Nepal
- नेपालले तीन महिनामा बेच्यो २.५७ अर्बको अलैंची, प्रति मन मूल्य ९० हजार माथिBizmandu
- सन्दीप लामिछानेको करिअरकै शानदार बलिङ, ह्याट्रिकसहित ६ विकेटThaha Khabar
- लघुवित्तलाई बढ्दो खराब कर्जाले तनाव, पुग्यो ११.६१ प्रतिशत, कुनको ब्यालेन्स सिट कस्तो?Bizmandu
- एनभिडिया विवादले प्रतिस्पर्धीलाई फाइदा, एएमडीको शेयरमा भारी उछालDC Nepal