अर्थतन्त्रBizmandu
नेपालले तीन महिनामा बेच्यो २.५७ अर्बको अलैंची, प्रति मन मूल्य ९० हजार माथि
Read the full story at Bizmandu
काठमाडौं। नेपालले तीन महिनामा अढाइ अर्बभन्दा बढीको अलैंची विदेशमा बिक्री गरेको छ। निर्यात ५३ प्रतिशतले बढेपछि तीन महिनामा अलैंची बिक्रीबाट अढाइ अर्ब रुपैयाँभन्दा बढी भित्रिएको हो।
चालु आर्थिक वर्ष साउनदेखि असोजसम्म २ अर्ब ५७ करोड २३ लाख रुपैयाँको १४ लाख ४९ हजार केजी अलैंची विदेशमा निर्यात गरिएको छ। त्यसमध्ये ९१ करोड रुपैयाँभन्दा बढीको अलैंची असोजमा निर्यात गरिएको हो। पोहोर सोही अवधिमा १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँको १० लाख ७२ हजार केजी अलैंची निर्यात भएको थियो।
नेपालबाट अलैंची खासगरी भारतमा निर्यात हुने गरेको छ। यो वर्ष अलैंची प्रति मन ९० हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ। The post नेपालले तीन महिनामा बेच्यो २.५७ अर्बको अलैंची, प्रति मन मूल्य ९० हजार माथि appeared first on BIZMANDU .
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- सिटी सफारीको ठक्करबाट एक जनाको मृत्युDC Nepal
- मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रहDC Nepal
- सन्दीप लामिछानेको करिअरकै शानदार बलिङ, ह्याट्रिकसहित ६ विकेटThaha Khabar
- लघुवित्तलाई बढ्दो खराब कर्जाले तनाव, पुग्यो ११.६१ प्रतिशत, कुनको ब्यालेन्स सिट कस्तो?Bizmandu
- एनभिडिया विवादले प्रतिस्पर्धीलाई फाइदा, एएमडीको शेयरमा भारी उछालDC Nepal