लघुवित्तलाई बढ्दो खराब कर्जाले तनाव, पुग्यो ११.६१ प्रतिशत, कुनको ब्यालेन्स सिट कस्तो?
Read the full story at Bizmandu
काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुका लागि बढ्दो खराब कर्जा टाउको दुखाइको विषय बनेको छ। खराब कर्जा एक वर्षमा ३.०३ प्रतिशत विन्दुले बढेपछि त्यसको असर नाफामा परेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका ३० वटा लघुवित्तको नाफा जम्मा ०.५२ प्रतिशतले वृद्धि भएको छ।
ती लघुवित्तले तीन महिनामा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका छन्। पोहोर यसै अवधिमा ती लघुवित्तले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेका थिए। ब्याज आम्दानी बढे पनि खराब कर्जा वृद्धिका कारण लघुवित्त संस्थाहरुको नाफा खासै बढ्न नसकेको हो। ३० वटा लघुवित्तले साउनदेखि असोजसम्म ५ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन्।
पोहोर सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ थियो। ब्याज र फी-कमिशन शुल्कबापतको आम्दानी बढाएका लघुवित्तको खराब कर्जा वृद्धिले कर्जा नोक्सानी बढ्दा नाफा अपेक्षाजनक नदेखिएको लघुवित्तकर्मीहरु बताउँछन्। नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव बेसरेटको क्यापले नाफा खासै बढ्न नसकेको बताउँछन्। ‘लघुवित्तहरुले आफ्नो बेसरेटको अधिकतम ३ प्रतिशत प्रिमियम र वाणिज्य बैंकहरुको पछिल्लो तीन महिनाको औसत बेसरेटका आधारमा ९ प्रतिशतमध्ये जुन कम हुन्छ सोहीभित्र कर्जाको ब्याज तय गर्नुपर्छ,’ उनले भने,’ ब्याजदरको क्यापले गर्दा अधिकांश संस्थाले ३ प्रतिशत प्रिमियम लिन सकिरहेका छैनन्।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- सिटी सफारीको ठक्करबाट एक जनाको मृत्युDC Nepal
- मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रहDC Nepal
- नेपालले तीन महिनामा बेच्यो २.५७ अर्बको अलैंची, प्रति मन मूल्य ९० हजार माथिBizmandu
- सन्दीप लामिछानेको करिअरकै शानदार बलिङ, ह्याट्रिकसहित ६ विकेटThaha Khabar
- एनभिडिया विवादले प्रतिस्पर्धीलाई फाइदा, एएमडीको शेयरमा भारी उछालDC Nepal