Skip to main content
अर्थतन्त्रBizmandu

अर्डर कम आएपछि आत्तिएका सुन व्यापारी कारोबारबाट खुशी, तिहारमा कति किलो बेचे?

Read the full story at Bizmandu

काठमाडौ। यसपालिको तिहारमा व्यवसायीले ३० किलो सुन बेचेका छन्। धनतेरस र त्यसपछिका दुई दिनमा व्यवसायीले ३० किलो सुन बेचेका हुन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले तिहारमा अनुमान गरेभन्दा बढी सुन बिक्री भएको बताए। ‘धनतेरसको दिन सुनको भाउ घटेका कारण पनि होला कारोबार अनुमान गरेभन्दा राम्रो भयो,’ उनले भने।

धनतेरसको दिन सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ घटेर २ लाख ८३ हजार रुपैयाँमा आइपुगेको थियो। त्यसको अघिल्लो दिन तोलामा १३ हजार ३०० रुपैयाँ बढेपछि व्यवसायीले तिहारमा करिब २५ केजी सुन बिक्री हुने अनुमान गरेका थिए। जबकि चार वर्षअघिको तिहारमा व्यवसायीले ५० किलो सुन बेचेका थिए। ‘अर्डर कम आएको र धनतेरसको अघिल्लो दिन भाउ बढेका कारण हामी यसपालिको तिहारमा २५ किलो पनि सुन बिक्री नहोला कि भनेर केही आत्तिएका थियौं। तर, धनतेरस र त्यसपछिका २ दिनमा ३० केजी सुन बिक्री भयो,’ महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यले भने।

सुनको मूल्य प्रति तोला २ लाख ८३ हजार रुपैयाँ हुँदा पनि धनतेरसका दिन गहना पसल ग्राहकले भरिभराउ भएका थिए। व्यवसायीका अनुसार भाउ बढेका कारण पोहोरको तुलनामा यसपालि तिहारमा चाँदीको बिक्री घटेको छ। The post अर्डर कम आएपछि आत्तिएका सुन व्यापारी कारोबारबाट खुशी, तिहारमा कति किलो बेचे? appeared first on BIZMANDU .