Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

Read the full story at Onlinekhabar (Nepali)

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

सामान्यतया प्रदर्शनका चक्रहरू करिब २० दिन वा ठूला आन्दोलनहरू ३६ दिनसम्म चल्ने गर्छन्। तर, एसीएलईडीको गणनाअनुसार यो आन्दोलन ४५ दिन पुगिसकेको छ र अझै जारी छ। जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन। सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध १ हजार ७०० भन्दा बढी प्रदर्शनहरू भइसकेका छन्।

शनिबार पेरिसमा ४६ हजारसहित देशभर १ लाख ४६ हजार मानिस प्रदर्शनमा उत्रिएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ। तर, ट्रेड युनियनहरूले भने देशभर २ लाख ५० हजार र पेरिसमा ७५ हजार मानिस सहभागी भएको दाबी गरेका छन्। अघिल्ला हप्ताहरूको तुलनामा सहभागीको सङ्ख्या घटे पनि प्रहरीले पेरिसमा प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रहार गरेको छ। साथै, फ्रान्सको तेस्रो ठूलो सहर लियोनको मध्य भागमा सडक अवरुद्ध गरिरहेका सयौँ मानिसमाथि प्रहरीले अश्रुग्यासका सेल प्रहार गरेको छ।

युनियनले आयोजना गरेको र्‍यालीमा अनुमानित ५ लाख ७५ हजार मानिस सहभागी भएको केही दिनपछि शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनको दायरा फराकिलो हुँदै इन्धनको उच्च मूल्यदेखि तलब र सामाजिक आवाससम्मका मुद्दाहरू यसमा समेटिएका छन्।