Skip to main content
राजनीतिRatopati

न मापदण्ड, न पूर्वाधार : सडकमा अनियन्त्रित ईभीको रफ्तार

Read the full story at Ratopati

न मापदण्ड, न पूर्वाधार : सडकमा अनियन्त्रित ईभीको रफ्तार

काठमाडौँ । बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय (ईभी) माइक्रोबस मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत चिसापानी ओरालोमा दुर्घटना हुँदा १४ जनाको ज्यान गयो भने ६ जना गम्भीर घाइते भए। छठ पर्व मनाउन घर फर्किँदै गरेका यात्रु चढेको उक्त गाडी दुर्घटनामा परेपछि नेपालमा विद्युतीय सवारीसाधनको सुरक्षा मापदण्ड, सडक तथा चार्जिङ पूर्वाधार, चालकको विशिष्ट तालिम र सरकारी नियमनको अभावमाथि गम्भीर बहस सुरु भएको छ।

चाडपर्वका बेला यात्रुले अकालमै ज्यान गुमाउने क्रम बढेपछि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ईभीको प्राविधिक पक्ष र चालकको तालिममाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत घिसिङले चाडपर्वका बेला बढ्ने सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै सवारीसाधनमा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनसँगै ईभीको विशिष्ट प्राविधिक पक्षलाई ध्यानमा राखी चालकलाई आवश्यक तालिम र सचेतना दिनु अपरिहार्य रहेको औंल्याएका छन्। नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै सरकार, व्यवसायी र यात्रु सबै जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

यातायात व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि र विज्ञहरूले पनि ईभीको मापदण्ड र सञ्चालनबारे सरकारले समयमै चासो नदिँदा सडक दुर्घटना बढ्दै गएको निष्कर्ष निकालेका छन्।