Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्

Read the full story at Onlinekhabar (Nepali)

प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्

हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई भने नयाँ दरबन्दी सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी निर्णय लिएको थियो । १९ कात्तिक, काठमाडौं ।

नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ को पद सिर्जना गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी स्थापित गरिएको उक्त पदको पत्र लिन निवर्तमान आईजीपी कार्की बिहीबार सिंहदरबा गएनन् । प्रधानमन्त्रीको टिमको सल्लाहकार, सचिवहरू र अरु व्यक्तिलाई प्रधानमन्त्री कार्यालयमा कार्यालय व्यवस्थापनका लागि कुनै समस्या नहुने बताउँछन् । ‘यहाँ कार्यालयमा हामीसँग अतिरिक्त कोठा भइ नै हान्छन्, अतिरिक्त सचिव, सचिवहरू लगायत अरू कामलाई कार्यकक्ष व्यवस्थापन भएकै हुन्छ,’ अर्यालले भने, ‘त्यसक्रममा सुरक्षा सल्लाहकारका लागि पनि कोठा व्यवस्थापन गरिएको हुनुपर्छ ।

’ प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा कार्यकक्षको व्यवस्थापन गरिएको छ । उनलाई नेपाल सरकारको सचिवसरह हुनेगरी सुविधा मिलाइएको स्रोत बताउँछ । सरकारका सचिवलाई आफ्नै कार्यकक्ष, सवारी साधन र सुरक्षा पनि उपलब्ध गराउने गरिन्छ ।