Skip to main content
राजनीतिNepal Khabar

नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिले

Read the full story at Nepal Khabar

नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिले

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र सरकारी स्वामित्वको नेपाल टेलिकम दुवै देशभर सञ्चालित थ्रीजी सेवा बन्द गरेर फोरजी प्रविधिमा केन्द्रित बन्न लागेका हुन्। विश्वभर नै दूरसञ्चार सेवा प्रदायकले पुरानो पुस्ताको मोबाइल प्रविधि विस्थापन गर्दै नयाँ प्रविधिमा लगानी र नेटवर्क क्षमता विस्तार गरिरहेका बेला नेपालमा पनि दुई ठूला दूरसञ्चार सेवा प्रदायकले थ्रीजी सेवा हटाउने प्रक्रियालाई तीव्र बनाएका हुन्। त्यसमा निजी क्षेत्रको दूरसञ्चार अपरेटर एनसेल अघि छ।

एनसेलले सन् २०२६ को डिसेम्बर अर्थात् पुस २०८३ भित्र देशभर थ्रीजी सेवा पूर्णरूपमा बन्द गर्ने भएको छ भने नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८३/८४ भित्रै थ्रीजी सेवा पूर्णरूपमा हटाउने तयारी गरिरहेको जनाएको छ। एनसेलले हालसम्म देशभरका ३ हजार १३९ नेटवर्क साइटमध्ये ९९२ वटामा थ्रीजी सेवा पूर्ण रूपमा बन्द गरिसकेको तथ्यांक उपलब्ध गराएको छ। 'यो कुल साइटको करिब ३२ प्रतिशत हो।

बाँकी करिब २ हजार १५० साइटमा सञ्चालन भइरहेको थ्रीजी सेवा पनि तिहारपछि चरणबद्ध रूपमा बन्द गर्ने तयारी छ', एनसेलले नेपालखबरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ। एनसेलले पहिलो चरणमा लुम्बिनी र गण्डकी प्रदेशमा थ्रीजी सेवा बन्द गर्नेछ। त्यसपछि बागमती प्रदेशमा बन्द गर्दै मधेस, गण्डकी र कोसी प्रदेशका विभिन्न स्थानमा पनि क्रमशः थ्रीजी सेवा हटाइने जनाएको छ।