Skip to main content
वातावरणNagarik News

पूर्वन्यायाधीश फोरमले उठायो न्यायाधीशको आचरणमाथि प्रश्न, छानबिनको माग

Read the full story at Nagarik News

पूर्वन्यायाधीश फोरमले उठायो न्यायाधीशको आचरणमाथि प्रश्न, छानबिनको माग

पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकाभित्र देखिएका विवाद, न्यायाधीशहरूको आचरण र न्यायिक नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै आमूल सुधारको माग गरेको छ। फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। सर्वोच्च अदालतका केही न्यायाधीशहरूको न्यायिक आचरणविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै फोरमले न्यायपालिकाको विश्वसनीयता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेको छ।

विज्ञप्तिमा न्यायिक आचरणमा सम्झौता गर्न नसकिने उल्लेख गर्दै न्यायाधीशहरूले आफ्नो व्यावसायिक इमानदारी र आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। फोरमका अनुसार न्यायिक स्वतन्त्रता, निष्पक्षता, निष्ठा, सदाचार, क्षमता, समानता र लगनशीलता न्यायपालिकाका आधारभूत मूल्य हुन्। यी मूल्यविपरीत हुने गतिविधिले न्यायालयप्रतिको जनविश्वास कमजोर बनाउने उसको ठहर छ।

त्यस्तै, न्यायालयभित्र देखिने भ्रष्टाचारजन्य गतिविधि, विकृति र विसंगतिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन पनि फोरमले माग गरेको छ।