Skip to main content
अर्थतन्त्रNepal Khabar

आर्थिक विकासका लागि नेपालसँग अब मात्रै २ दशक समय छ

Read the full story at Nepal Khabar

आर्थिक विकासका लागि नेपालसँग अब मात्रै २ दशक समय छ

अहिले नसके अब कहिल्यै सकिँदैन। त्यसैले सरकारलाई अलमलिने कुनै छुट छैन। किनकि नेपालसँग आर्थिक विकासका लागि अब मात्र २ दशकको समय छ। अब पनि सरकार तथा समाज गम्भीर नभए नेपालका लागि विकास तथा आर्थिक वृद्धि एउटा सपनामा मात्र सीमित रहनेछ।

नेपालले बहुचर्चित 'जनसांख्यिक लाभांश'बाट लाभ उठाउन नसक्दा यो सुनौलो अवसर क्रमशः हातबाट उम्किँदै गएको हो। स्वीकार गरौँ या नगरौँ, नेपालसँग आर्थिक विकासका लागि अब मात्र दुई दशकको समय बाँकी छ; त्यसपछि मुलुक तीव्र गतिमा वृद्ध समाजतर्फ ढल्किनेछ। विश्व बैंकको नयाँ प्रतिवेद अनुसार, 'नेपालको जनसांख्यिक अनुकूलता घट्दो क्रममा छ। देशको जनसंख्या संरचना वृद्ध अवस्थामा प्रवेश गर्नुअघि सक्रिय कार्यउमेरको जनशक्तिलाई आर्थिक वृद्धि, रोजगार र समृद्धिको संवाहक बनाउन नेपालसँग अब दुई दशकभन्दा केही बढी समय मात्र बाँकी छ।

' नेपाल कसरी बन्दै छ वृद्ध समाज विश्व बैंककाअनुसार अबका दुई दशक नेपालका लागि निर्णायक छन्। प्रतिवेदनले नेपाली युवाको सक्रिय कार्यशील उमेर (१५ देखि ६४ वर्ष) को जनसंख्या सन् २०४७ मा उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। जुन नेपालको जनसांख्यिक रूपान्तरणको मुख्य निर्णायक मोड हुनेछ। बिहीबार सार्वजनिक 'दक्षिण एसियामा जनसांख्यिक परिवर्तन : विकासका लागि अनुकूल वातावरणदेखि चुनौतीसम्म' शीर्षकको प्रतिवेदन अनुसार सन् २०५९ सम्ममा नेपाल औपचारिक रूपमै 'वृद्ध समाज'को श्रेणीमा प्रवेश गर्नेछ।