‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?
Read the full story at Nepal Khabar

बोर्डको रिपोर्टअनुसार, दशैंमा रिलिज भएका फिल्ममध्ये 'आ बाट आमा-२' बलियो देखिन्छ। पल शाह र मलिका महत अभिनित फिल्म 'आ बाट आमा-२' ले ६ करोड ८१ लाख ७ हजार ४२३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। असोज ३० गतेबाट प्रदर्शन भएको फिल्मका दुई लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन्। चन्द्र पन्तको निर्देशन र कथा रहेको यस फिल्ममा पल र मलिकासहित विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ र नरेन खड्कालगायतको अभिनय छ।
त्यसैगरि, त्यही दिन रिलिज भएको विराज भट्ट निर्देशित '१२ गाउँ-२' का बक्स अफिसमा ७५ हजार ५४० वटा टिकट बिक्री भएका छन्। यसबाट फिल्मले कुल दुई करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांकमा उल्लेख छ। यो फिल्म दुई वर्षअघि रिलिज भएको हिट फिल्म '१२ गाउँ' को सिक्वेल हो। विराजका छोरा समीर भट्टको डेब्यु फिल्मले झण्डै २० करोडको व्यापार गरेको थियो।
त्यस्तै, असोज ३१ गते प्रदर्शन भएको 'छ माया छपक्कै-२' ले तीन करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ कमाइ गरेको छ। यस फिल्मका का एक लाख ६ हजार ६४४ टिकट बिक्री भएका छन्। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भट्टराई मुख्य भूमिकामा छन्। प्रायजसो दशैंमा फिल्म ल्याउने दीपकको फिल्मले यसपटक खासै व्यावसायिक सफलता पाउन सकेन।
More business
- एनपीएल : कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखराNepal Khabar
- १२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइNepal Khabar
- बसको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु, बस चालक भागेNepal Khabar
- Nepal’s share market weathers political jittersKathmandu Post
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- Nvidia shares fall as probe into CEO Jensen Huang’s ties to alleged Chinese spy raises questionsKathmandu Post