Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’

Read the full story at Onlinekhabar (Nepali)

ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’

नेपालमै अन्तर्राष्ट्रियस्तरको बेकरी उत्पादन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्य लिएर स्थापना गरिएको ‘ड्याडिज केक’ ले एक वर्षभित्र १८ वटा मिनी आउटलेट विस्तार गरी ५ सय जनालाई रोजगारी दिने लक्ष्य लिएको छ । २३ कात्तिक, बुटवल । कुनै समय ठेलामा मम र चाउमिन बेचेर व्यवसाय थालेका कमलजंग कुँवरले एक दशकमै झन्डै ३० आउटलेट सहित चेन रेस्टुरेन्ट साम्राज्य खडा गरेपछि अहिले नयाँ व्यवसायका रूपमा ६ करोड लगानीमा ‘ड्याडिज केक’ सञ्चालनमा ल्याएका छन् ।

अर्घाखाँचीमा जन्मे हुर्केका ३७ वर्षीय कुँवर सानैदेखि नयाँ सपना बुन्ने र त्यसलाई सफलतामा बदल्न सिपालु प्रमाणित भएका छन् । अरूको सफलताबाट सिक्ने उनले नेपाली बेकरी उद्योगमा गुणस्तर, प्रविधि र उत्पादनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्यसहित बुटवलमा ठूलो लगानीमा ‘ड्याडिज केक–द प्रिमियम बेकरी’ सञ्चालनमा ल्याएका हुन् । ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’ नारासहित अघि बढेको ड्याडिज समूह अन्तर्गत यसअघि ड्याडिज किचन, ड्याडिज एक्स्प्रेस, ड्याडिज होटल तथा ड्याडिज हिल्स लगायत व्यवसाय सञ्चालनमा छन् ।

अन्य व्यवसायमा प्राप्त सफलतापछि एक वर्षको अध्ययन अनुसन्धानबाट समूहले प्रिमियम बेकरी उत्पादन गर्ने गरी ड्याडिज केक सञ्चालनमा ल्याएको हो ।