अरूले बाँझो छाडेको जग्गामा ढकमक्क सयपत्री, लक्ष्मीले भित्र्याइन् वार्षिक ४ लाख
Read the full story at Nagarik News

बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिइरहँदा गुल्मीकी एक महिलाले भने त्यही बाँझो जमिनमा व्यावसायिक फूलखेती गरेर मनग्य आम्दानी गरिरहेकी छन्। छत्रकोट गाउँपालिका-२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले बाँझो जग्गा सदुपयोग गरी सयपत्री फूल फुलाएर वार्षिक करिब ४ लाख रुपैयाँ आम्दानी लिन थालेकी हुन्। महत्राले विगत पाँच वर्षदेखि स्थानीयको सहमतिमा वार्षिक ५ हजार रुपैयाँ भाडा तिर्ने गरी ३ रोपनी बाँझो जग्गामा व्यावसायिक सयपत्री खेती गरिरहेकी छन्। भारतको गोरखपुरबाट ८० हजार रुपैयाँको हाइब्रिड बीउ ल्याएर सुरु गरिएको उनको व्यवसाय अहिले गाउँमै कृषि उद्यमशीलताको गतिलो नमुना बनेको छ।
उत्पादित फूलको बजारका लागि उनले कुनै चिन्ता गर्नुपरेको छैन। स्थानीय बलेटक्सारस्थित ‘पैँचो पसल’ ले उनको बारीको सबै फूल खरिद गर्दै आएको छ। पैँचोले थोकमा प्रतिकिलो २२० रुपैयाँका दरले १५ क्विन्टल फूल लगिसकेको छ भने स्थानीय माग धान्न ३ क्विन्टल फूल तिहारका लागि छुट्याइएको छ। महत्राले थोकमा प्रतिकिलो २२० र खुद्रामा २५० रुपैयाँमा फूल बिक्री गर्दै आएकी छन्।
यस वर्ष कुल १८ क्विन्टल फूल बिक्रीबाट ३ लाख ९६ हजार रुपैयाँ आम्दानी हुने देखिएको छ। गत वर्ष उनले ३ लाख ५० हजार रुपैयाँको फूल बिक्री गरेकी थिइन्। अन्य बालीको तुलनामा फूलखेतीमा जोखिम कम र आम्दानी राम्रो हुने महत्राको अनुभव छ।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar