Skip to main content
राजनीतिThaha Khabar

चीनको लामो भ्रमणमा निस्कन लागेका रास्वपा सांसदलाई भेटे प्रधानमन्त्रीले

Read the full story at Thaha Khabar

चीनको लामो भ्रमणमा निस्कन लागेका रास्वपा सांसदलाई भेटे प्रधानमन्त्रीले

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच छलफल चलेको हो। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन्।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू समीक्षा बाँस्कोटा, लिमा अधिकारी, सागर ढकाल, डा. आनन्दबहादुर चन्द र सुशान्त वैदिक छन्। यस्तै डा.

धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह, रिमा विश्वकर्मा र रमेश सापकोटा पनि भ्रमण टोलीमा छन्।