पहिलो दिनमै ‘रामायण’को कमाइ साढे ७७ करोड माथि, ‘आदिपुरुष’को रेकर्ड भने तोड्न सकेन
Read the full story at Onlinekhabar (Nepali)

रणवीर कपूर स्टारर फिल्म ‘रामायण’ले प्रदर्शनको पहिलो दिनमै विश्वभरबाट ७७ करोड ५० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यद्यपि, पहिलो दिनको कमाइका हिसाबले फिल्मले प्रभास स्टारर ‘आदिपुरुष’को रेकर्ड भने तोड्न सकेन । सन् २०२३ मा प्रदर्शन भएको ‘आदिपुरुष’ले पहिलो दिन सबै भाषामा ८६ करोड ७५ लाख भारु ग्रस कमाइ गरेको थियो । त्यस्तै, कन्नड संस्करणबाट ७ करोड २५ लाख, तेलुगुबाट ६ करोड, तमिलबाट २ करोड ६० लाख र मलयालमबाट १ करोड ५० लाख भारु कमाइ भएको छ ।
विदेशी बजारबाट पनि फिल्मले २० देखि ४० करोड भारुसम्म कमाउने अनुमान गरिएको छ । यो अनुमान पूरा भए फिल्मको विश्वव्यापी कमाइ १०० करोड भारु नाघ्नेछ । पहिलो दिनको कमाइका आधारमा ‘रामायण’ले शाहरुख खानको ‘पठान’ र रणवीर कपूरकै फिल्म ‘एनिमल’को ओपनिङ कलेक्सनलाई पछाडि पारेको छ । तर, सन् २०२६ कै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म ‘धुरन्धर : द रिभेन्ज’को रेकर्ड भने तोड्न सकेन ।
उक्त फिल्मले पहिलो दिन १०२ करोड ५५ लाख भारु नेट कमाइ गरेको थियो । फिल्मको पहिलो दिनको कमाइ अपेक्षाभन्दा केही कम हुनुमा विभिन्न कारण रहेको व्यापार विश्लेषकहरूको भनाइ छ । बिहीबार प्रदर्शनमा आएको फिल्म हेर्न दीपावलीको तयारी र यात्राका कारण धेरै परिवार पहिलो दिन नै हलसम्म पुग्न सकेनन् ।
More business
- तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीकाNepal Khabar
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- TikTok effective medium for tourism promotion: Minister TimilsinaThe Rising Nepal
- नागढुंगा सुरुङमार्गको एन-ट्याग सानिमा बैंकका देशभरका सबै शाखाबाट लिन सकिनेBizmandu
- Stock markets on fire; Sensex jumps 1,718 points, Nifty reclaims 25,000The Hindu