कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिम
Read the full story at Nepal Khabar

शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हराएको हो। जितसँगै छैटौँ स्थानमा रहेको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लेको हो। सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार भोग्दै तालिकामा ६ अंक जोडेको हो। समान दुई खेलमा जित र हार भोगेको कर्णाली भने चार अंकमा तालिकाको पाँचौं स्थानमा झरेको छ। सुदूरपश्चिमले दिएको १७७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल तयार पारेको थियो। ओपनर सैफ जैव र विनोद भण्डारीले ७.३ ओभरमा ६८ रनको साझेदारी गदै सुदूरपश्चिमकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २२ बलमा दुई चौका र दुई छक्का सहयोगमा २७ रन बनाएका ओपनर भण्डारी रन आउट भए।
अर्का ओपरन सैफ जैव २४ बलमा चार चौका र एक छक्का सहयोगमा ३५ रन बनाउँदा सूर्य तामाङको बलमा बोल्ड आउट भए। ब्रान्डोन म्याकमुलेन २४ रन बनाउँदा नन्दन यादवको बलमा क्याच आउट नै भए। कप्तान दीपेन्द्रसिंह ऐरी १० रन बनाउँदा मार्क वाटको बलमा विकेटकिपरको हातबाट आउट भए।
More business
- तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीकाNepal Khabar
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- इयूको व्यापार सहुलियत कार्यक्रमको २५ वर्ष, नेपालले कति लाभ उठायो?Setopati
- न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुनOnlinekhabar (Nepali)
- Hong Kong firms must innovate to compete in mainland China, trade chief saysSouth China Morning Post