तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीका
Read the full story at Nepal Khabar

तिहार विदाका कारण भोलिबाट बन्द हुने सरकारी कार्यालय कात्तिक २७ गते शुक्रबार मात्रै खुल्छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विदालगत्तै पीपीए खुलाउने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। पहिलो चरणमा सरकारी लगानी तथा सरकारी स्वामित्वमा रहेका आयोजनाको पीपीए गर्ने गरी प्रक्रिया अघि बढाउन लागिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन्।
'पहिलो चरणमा पीपीए खुलाउने गरी चैनपुर सेती, बेतन कर्णाली, किमाथांका, सिम्बुवा, जगदुल्ला 'ए' र भियुसिएल सोलारलगायतका आयोजनालाई प्राथमिकतामा राखिएको छ। त्यसपछि दोस्रो चरणमा जलाशययुक्त, अर्धजलाशययुक्त तथा ठूला जलविद्युत् आयोजनाको पीपीए खुलाउने तयारी छ', मन्त्रालयका ती अधिकारीले नेपालखबरसँग भने। सरकारले पीपीए खुलाउने प्रक्रिया चरणबद्ध रूपमा अघि बढाउन खोजेको छ।
पहिलो चरणमा सरकारी लगानी रहेका आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने र त्यसपछि ठूला तथा जलाशययुक्त आयोजनालाई प्राथमिकता दिने योजना बनाइएको हो। सरकारी लगानीका आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुको उद्देश्य ती आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन आवश्यक वित्तीय तथा नीतिगत आधार तयार गर्नु रहेको मन्त्रालयले जनाएको छ। पीपीए नहुँदा आयोजना विकास, लगानी व्यवस्थापन र वित्तीय स्रोत जुटाउने प्रक्रिया रोकिन पुगेको छ।
More business
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- ‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’Onlinekhabar (Nepali)
- SEBI proposes mandatory AML/CFT certification for principal officers of market intermediariesThe Hindu
- Stock markets on fire; Sensex jumps 1,718 points, Nifty reclaims 25,000The Hindu