‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’
Read the full story at Onlinekhabar (Nepali)

आजको दिनमा नेपाल लाइफ इन्स्योरेन्सकै बोनस रेट हेर्यौं भने न्यूनतम पनि प्रतिहजार करिब ५६ रुपैयाँ त्यो भनेको ५.६ प्रतिशत हो । उच्चतममा हेर्दा प्रतिहजार ८५ रुपैयाँ हो । न्यूनतमकै बोनस दर पनि बैंकको मुद्दतीभन्दा बढी छ । गत असारमा आएको भोटेकोशी बाढीका कारण मुलुकले ठूलो मानवीय क्षति ब्यहोर्यो ।
यसको असर जीवन बीमा कम्पनीहरूसहित पुनर्बीमामा पनि पर्नेछ । यिनै सन्दर्भ जोड्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुली सँग अनलाइनखबरकर्मी कमल नेपाल ले गरेको सम्पादित कुराकानी : इक्रा नेपाल आफैमा अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय रेटिङ एजेन्सी हो । गत वर्ष हामी डबल ए माइनस रेटिङको स्तरमा थियौं, जुन आफैमा बीमा क्षेत्रमा पाएको उच्च स्तरको रेटिङ हो । त्यसयता चुनौती धेरै थिए ।
घट्दो लाभांश दर, लगानीका सीमित उपकरण, बैंकहरूले मुद्दती निक्षेपमा दिने घट्दो ब्याजदरजस्ता कारण चुनौती थपिएका छन् । व्यवसाय वृद्धि भएको छ, तर चुनौतीका बाबजुत पनि संस्थालाई अझ सबल, स्वस्थ तथा सोल्भरेन्सी रेसियोमा कन्फर्टेबल बनाएर लैजान सक्यौँ । फन्डको सुरक्षासँगै बीमित तथा सेयरधनीलाई राम्रो प्रतिफल दिन सक्ने गराएर संस्थालाई अघि बढाउनुपर्ने चुनौती थियो । विगतको एक वर्षमा वित्तीय स्थिति, सोल्भरेन्सी रेसियो, लगानी संरचना, बजारमा उपस्थितिजस्ता पक्षले हामीलाई रेटिङमा सबैभन्दा सबल बन्न सकारात्मक योगदान गर्यो ।
More business
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्मOnlinekhabar (Nepali)
- After midterms upheaval, US ag exporters call for stability in China tradeSouth China Morning Post
- सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेनNagarik News
- When feed prices crack the egg marketThe Hindu