झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी
Read the full story at Setopati

बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै झिनियाको माग बढेपछि उनले एक जना श्रमिकसमेत राखेर उत्पादन गरिरहेकी छन्। छोराछोरी विदेशमा छन्। ‘तिहारमा झिनियाको माग धेरै आउँछ। त्यसैले एक जना कामदार नै राखेर उत्पादन गरिरहेका छौं,’ उनले भनिन्, ‘बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ हुँदै पोखरासम्म झिनिया बिक्री हुन्छ।
’ कल्पनाजस्तै मङ्गलाघाटका हेमबहादुर पुनको परिवार पनि यतिबेला झिनिया उत्पादनमा व्यस्त छ। उनको परिवारका १० जना सदस्य दैनिक झिनिया बनाउन खटिएका छन्। पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुन्छ। दसैं–तिहारमा माग बढी हुने भएकाले परिवारका सबै सदस्य मिलेर उत्पादन गर्ने गरेको उनी बताउँछन्। चाडपर्वको समयमा दुईदेखि तीन लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको उनको भनाइ छ।
‘बेनी बजारका साथै पोखराबाट पनि झिनियाको माग आउँछ। उत्पादन गर्न सके बिक्रीको समस्या छैन,’ उनले भने, ‘पछिल्लो दुई महिनादेखि परिवारका १० जना सदस्य झिनिया बनाउने काममा लागेका छौँ। ’ तिहार पर्व नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको व्यापार बढेको छ। चाडपर्वलाई लक्षित गरेर झिनिया उत्पादन गर्दै आएका यहाँका उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याइ छ।
More society
- तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्टNepal Khabar
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar