Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

Read the full story at Onlinekhabar (Nepali)

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

हाल बोनस सेयर बिक्री गर्दा त्यसको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ (अंकित मूल्य) मानिएको छ, जसले कर गणनामा बढी लाभ देखिन गई नोक्सानीमा पनि पूँजीगत लाभकर तिर्नुपर्ने अवस्था आइरहेको छ । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा कम्पनीले लाभांश भनेर सेयर नै थपिदिन्छन् । तर त्यसरी दिइएको बोनस सेयरबाट लगानीकर्ता उल्टै नोक्सानीमा पर्ने गरेका छन् ।

बोनस सेयरले बजारमा आपूर्ति बढिरहने हुँदा यसले मूल्यलाई सधैं चाप पारिरहेको हुन्छ । सेयर संख्या बढेपछि प्रतिसेयर आम्दानी, प्रतिसेयर वितरणयोग्य नाफा पनि घट्न जान्छ, जसले प्रतिसेयर विश्वसनीय मूल्यमा ह्रास ल्याउँछ । सूचीकृत कम्पनीले सेयरधनीलाई बोनस सेयर वितरण गर्दा बोनस सेयरकै अनुपातमा बजार मूल्यमा समायोजन हुन्छ । अर्थात् बोनस सेयर वितरणपछि कम्पनीको कुल सेयर संख्या बढ्ने र प्रतिकित्ता मूल्य घट्ने गरी समायोजन गरिन्छ, यथावत बजार मूल्यका आधारमा वास्तवमा लगानीकर्तालाई यसको लाभ नै हुँदैन ।

यदि कुनै सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाइने भन्दै एबीसी कम्पनीको १ सय कित्ता सेयर बुक क्लोजअघिको मूल्य ३२० मा किन्यो भने उसको कुल लागत मूल्य ३२ हजार हुन्छ । जब भोलिपल्ट १२ प्रतिशत बोनस सेयर समायोजन हुन्छ, त्यसपछि सेयरधनीको सेयर संख्या बढेर ११२ कित्ता पुग्छ । तर मूल्य ३२० बाट समायोजन भई २८५.७१ रुपैयाँमा झर्दछ ।