गेटा किन चल्दैन, मापदण्ड नपुगेका अन्यत्र कसरी खुल्छन् ?
Read the full story at Onlinekhabar (Nepali)

नागरिकको करबाट निर्मित गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन नगरी मापदण्ड नै नपुगेका अन्य अस्पताललाई शैक्षिक कार्यक्रमको अनुमति दिनु गम्भीर नियामकीय प्रश्न हो। ‘डा. केसी सुदूरपश्चिमका दुस्मन हुन्’ भन्ने भाष्यसहित केही स्वार्थ समूहले केही समययता चलाएको अभियानप्रति मेरो ध्यानाकर्षण भएको छ। कुनै पनि व्यक्ति वा समूहले आफ्ना स्वार्थ पूरा गर्न तथ्यलाई तोडमोड गरेर जनमत प्रभावित पार्न खोज्नु दुःखद कुरा हो।
केवल खेद प्रकट गरेर अथवा आरोप–प्रत्यारोपबाट प्रत्युत्तर दिनु मेरो हकमा अपर्याप्तका साथसाथै अनुचित पनि हो। त्यसकारण आफ्नो सेवा, सङ्घर्ष र अभिलेखबाट नै उक्त भाष्यको जवाफ दिनु उपयुक्त ठानेको छु। म सुदूरपश्चिमलगायत सम्पूर्ण नेपाली र मानवजातिकै मित्र हुँ भन्ने आस्था राख्छु। साढे तीन दशकदेखि नेपालका विभिन्न जिल्लाका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा पुगेर मुख्यतः हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र उपचार सेवा दिँदै आएको छु।
साथै, स्थानीय स्वास्थ्यकर्मीलाई तालिम र सीप हस्तान्तरण गर्दै आएको छु, ताकि सामान्य रोगको उपचारका लागि समेत बिरामीहरू टाढा जानुपर्ने बाध्यता नहोस्। यस क्रममा नेपालका सबै जिल्ला पटक–पटक पुगेको छु। भूकम्प, महामारी, बाढीपहिरो, डुबान तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा पनि आफ्नै खर्चमा सेवा गरेको छु।
More politics
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar