टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले
Read the full story at Bizmandu

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिहरुको सूचीमा परेका छन्। टाइमले सन् २०२६ को सूचीमा वाग्लेको नाम समावेश गरेको हो।
जलवायुको जोखिम तथा क्षतिपूर्तिको विषयलाई विश्व मञ्चमा पुर्याउन वाग्लेले गरेको प्रयासका लागि टाइमले वाग्लेलाई उक्त सूचीमा समावेश गरेको हो। टाइमले सार्वजनिक गरेको प्रोफाइलमा जलवायु न्यायका लागि अर्थमन्त्रीका रुपमा वाग्लेले चलाएको अभियानको चर्चा गरिएको छ। गत भदौको विनाशकारी बाढीपछि जलवायुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न वाग्लेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ। भोटेकोशी विपदपछि नेपालले जलवायु क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको पनि टाइमको विवरणमा उल्लेख छ।
टाइमले संयुक्त राष्ट्र संघको जलवायु कोषबाट २१.६ मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावले प्रारम्भिक स्वीकृति पाएको पनि उल्लेख गरेको छ। The post टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले appeared first on BIZMANDU .
More environment
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्यNepal Khabar
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- At peak of air pollution on Deepavali night, data goes missing at several govt monitoring stations in DelhiThe Hindu
- एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जितThaha Khabar