एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित
Read the full story at Thaha Khabar

काठमाडौँ : काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार चौथो जित निकालेको छ। चौथो जित दर्ता गर्नेक्रममा उसले आज चितवन राइनोजलाई १० रनले हराएको हो। चितवनको यो तेस्रो पराजय हो। आजको खेलमा काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। खेलमा रवि बोपाराले अर्धशतकीय पारी खेले।
उनले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रनको पारी खेलेका हुन् । यस्तै, डान मोस्लीले २९, कामिल मिसाराले २८, अर्जुन साउदले २३ र कुशल मल्लले १३ रन बनाए । काठमाण्डुका लागि बलिङतर्फ सहान अराचिगेले दुई, कप्तान करण केसी, सन्तोष यादव, कामिल मिसारा, जहानदाद खान र गणेश गौतमले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनायो । उसका लागि रशिद खानले अर्धशतकीय पारी खेले ।
उनले ३० बलमा चार छक्का र दुईचौकासहित ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा रशिदको यो दोस्रो अर्धशतक हो । यस्तै, चितवनविरुद्ध सहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे । चितवनका लागि बलिङतर्फ रिजन ढकालले तीन, कप्तान सिकन्दर रजा र कमल सिंह ऐरीले दुई–दुई र डान मोस्लीले एक विकेट लिए। चितवनसँग पाँच खेलबाट पाँच अङ्क मात्र छ ।
More environment
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्यNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- At peak of air pollution on Deepavali night, data goes missing at several govt monitoring stations in DelhiThe Hindu
- टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्लेBizmandu