Skip to main content
वातावरणNepal Khabar3 outlets covering

काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य

Read the full story at Nepal Khabar

काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य

सोमबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८० रनको योगफल तयार पारेको हो। ३.२ ओभरमै दुई विकेट गुमाएर दबाबमा आएको काठमाडौंको पारी विलियम बसिस्टो र रासिद खानले सम्हालेका थिए। उनीहरूले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे।

विलियम २२ बलमा एक छक्का सहयोगमा २७ रन बनाउँदै पेभेलियन फर्के। सहानले २० बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३३ रन बनाउँदा क्याच आउट भए। कप्तान करण केसी सात बलमा तीन छक्काको सहयोगमा २० रन बनाउँदा एलबीडब्लुको धरापमा परे।

चितवनका लागि रिजन ढकालले तीन तथा सिकन्दर राजा र कमल ऐरीले समान दुई विकेट लिए। डान मुस्लीले एक विकेट आफ्नो नाममा गरे। रन्जित कुमार, कुशल मल्ल, मौसम ढकाल र रवि वोपारा विकेटविहीन रहे।