सिरहामा सिँगारिँदै छठघाट (तस्बिरहरू)
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, सिरहा । छठ पर्व आउन अब तीन दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ। पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स्थानीयवासी, युवा तथा श्रद्धालु भक्तजनहरू घाट व्यवस्थापनमा जुटेका छन्। सिरहाको गोलबजार, चोहर्वा, निपनिया, नरहालगायतका क्षेत्रमा छठघाट सरसफाइ र सजावटको काम भइरहेको छ।
निपनिया पोखरी, मैनाबती खोला तथा चोहर्वा पोखरीलगायतका जलासय आसपासका क्षेत्रमा स्थानीयहरू श्रमदानमार्फत घाट सफा गर्ने, झारपात हटाउने, बाटोघाटो मर्मत गर्ने तथा पूजास्थल व्यवस्थित बनाउने काममा सक्रिय भएका छन्। कतै कोदालो, खुर्पी, हँसियालगायतका सामग्री प्रयोग गरेर सरसफाइ भइरहेको छ भने कतै जेसीबीको सहायताले घाट सम्याउने काम भइरहेको छ। विभिन्न स्थानमा टेन्ट, पण्डाल तथा सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने तयारीसमेत भइरहेको छ। गोलबजार नगरपालिका–७ का स्थानीय दीपेन्द्र सिंह (दीपा) का अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाअर्चना गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयहरू केही दिनअघिदेखि नै सरसफाइ तथा घाट व्यवस्थापनमा जुटेका हुन्।
‘छठ हाम्रो मुख्य पर्व हो। व्रतालुहरूलाई पूजाअर्चना गर्न कुनै समस्या नहोस् भनेर बाटोघाटोदेखि छठघाटसम्म सरसफाइ गर्ने काममा हामी पहिलेदेखि नै जुटेका छौँ,’ उनले भने।
More politics
- भीमफेदी दुर्घटनाका पीडित परिवारलाई ‘यथाशीघ्र’ क्षतिपूर्ति दिन सरकारले अगाडि बढायो प्रक्रियाNepal Khabar
- राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्Nepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- एनभिडियाको सीईओबाट हटाइएका हुआङको तेस्रो ‘अफेयर’ खुलासाNepal Khabar
- भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारीNepal Khabar