एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?
Read the full story at Onlinekhabar (Nepali)

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् । एनपीएलको चर्चासँगै सामाजिक सञ्जालमा येशा सागर पनि छाएकी छन् । त्यसो त उनी आफैं पनि सामाजिक सञ्जालमा सक्रिय छिन् । हिजो मात्र उनले फेसबुकमा एउटा स्टाटस लेखिन्, ‘कृपया काठमाडौंमा म्याचा पाइने ठाउँ कहाँ होला ?
सुझाव दिनुस् न । ’ म्याचालाई अंग्रेजीमा लेख्दा धेरैलाई लागेछ, उनले माछा खोजेकी हुन् । त्यसैले नेपाली प्रशंसकहरूले जवाफमा उनलाई ताजा माछा पाइने ठाउँहरू बताउन थाले । कसैले मलेखुतिर जानु भने त कसैले अन्य ठाउँको सुझाव दिए । तर, उनले माछा खोजेकी थिइनन् । बरु म्याचा पिउन खोजेकी थिइन् । भनिहालौं, यो पेय पदार्थ चियाका पारखीलाई मात्र थाहा हुन सक्छ ।
यो एक किसिमको हरियो चिया हो, जसको माग नेपाली बजारमा पनि बिस्तारै बढ्न थालेको छ । म्याचा जापानमा प्रचलित हरियो चियाको एक विशेष प्रकार हो । म्याचामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा पाइने एल-थियानिन नामक तत्त्वले एकाग्रतामा सहयोग गर्न सक्छ । म्याचा अहिले विश्वभर लोकप्रिय पेय बनेको छ । म्याचा ल्याटे, आइस्ड म्याचा, म्याचा आइसक्रिम र म्याचा केक पनि लोकप्रिय छन् । अहिले नेपालका क्याफेहरूमा पनि म्याचा विभिन्न स्वादमा उपलब्ध हुन थालेको छ ।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar