Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : द्विपक्षीय सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता

Read the full story at Onlinekhabar (Nepali)

मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : द्विपक्षीय सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता

१९ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग आज शिष्टाचार भेट गरेका थिए।

भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेका थिए। साथै, नेपाल–भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्य र हालसम्मको प्रगतिबारे जानकारी गराउँदै नेपाली प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अघि बढाउन सकिने पहल तथा सम्भावित उपलब्धिबारे छलफल गरेको संयुक्त वक्तव्यमा छ । भ्रमणका क्रममा मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

वार्तामा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रको समीक्षा गर्दै नेपाल र भारतबीचको पारस्परिक लाभदायी साझेदारीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ। मिश्रीले नेपाल–भारत संसदीय मैत्री समूहका सदस्य तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसहितका सांसदहरूसँग पनि अन्तर्क्रिया गरेका थिए।