समर्थन मूल्य कागजमै सीमित : किसानले सस्तोमा धान बेचिसकेपछि बल्ल खरिद गर्दै खाद्य
Read the full story at Ratopati

कैलाली । कैलालीका किसानले यस वर्षको धान उत्पादन बजारमा सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्दा किसानहरू मारमा परेका हुन्। सरकारी खरिदको प्रतीक्षा गर्दा हिउँदे बाली लगाउन र घरव्यवहार चलाउन समस्या हुने भएपछि किसानहरू निजी व्यापारीले तोकेकै मूल्यमा धान बेच्न बाध्य बनेका छन्।
धनगढी उपमहानगरपालिका–१० घुइयाघाटका श्याम रानाले बुधबार प्रतिक्विन्टल २ हजार ७५० रुपैयाँका दरले साढे १५ क्विन्टल मोटा धान बिक्री गरे। सरकारले चालु सिजनका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ। तर, सरकारी खरिद प्रक्रिया सुरु नहुँदा रानाले निर्धारित समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ९१० रुपैयाँ कममा धान बिक्री गर्नुपर्यो। अधियाँमा डेढ बिघा जमिनमा धान खेती गरेका रानालाई उत्पादन बेचेर गहुँ खेतीको तयारी गर्नुपर्ने हतारो थियो।
गहुँका लागि आवश्यक रासायनिक मल, बिउ खरिद गर्न र घरायसी खर्च जुटाउन रकम तत्काल चाहिएपछि उनले सरकारी खरिद कुर्न सकेनन्। ‘केही दिन पर्खिएको भए बढी मूल्य पाइन्थ्यो होला,’ रानाले भने, ‘तर गहुँका लागि मल र बिउ किन्नुपर्ने छ। घरखर्च पनि चलाउनुपर्छ। खेतीमा गरेको मिहिनेत र लगानीअनुसार आम्दानी हुन सकेन।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar