जीवन विकास लघुवित्तको नाफा ३८.१५ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ४६.०३ रुपैयाँ
Read the full story at Bizmandu

काठमाडौं। जीवन विकास लघुवित्तले नाफा बढाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा लघुवित्तको नाफा ३८.१५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले तीन महिनामा २० करोड १५ लाख रुपैयाँ मुनाफा गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले १४ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो। सम्भावित कर्जा नोक्सानी बढे पनि ब्याज आम्दानी र फि कमिसनमा सुधार हुँदा लघुवित्तको नाफा बढेको हो।
ऋण असुली प्रभावित भई बढेको खराब कर्जाले लघुवित्तको कर्जा नोक्सानी बढेको छ। लघुवित्तले असोज मसान्तसम्म २ करोड ३८ लाख रुपैयाँ कर्जा नोक्सानी छुट्याएको छ। पोहोर असोज मसान्तमा ४.६२ प्रतिशत रहेको खराब कर्जा चालु आवको पहिलो त्रैमासमा ५.९० प्रतिशत पुगेको छ। लघुवित्तको ब्याज आम्दानी ८.५४ प्रतिशतले बढेर ६० करोड २६ लाख पुगेको छ। पोहोर यस्तो आम्दानी ५५ करोड ७३ लाख थियो। फी कमिसन आम्दानी २३ प्रतिशतले बढेको छ।
लघुवित्तको प्रति सेयर आम्दानी ३७.९८ रुपैयाँबाट बढेर ४६.०३ रुपैयाँ पुगेको छ। लघुवित्तको कोष लागत ७.३० प्रतिशतमा झरेको छ। बेसरेट १२.३१ प्रतिशत छ। पुँजीकोष अनुपात १३.७४ प्रतिशत छ। लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ छ। The post जीवन विकास लघुवित्तको नाफा ३८.१५ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ४६.०३ रुपैयाँ appeared first on BIZMANDU .
More environment
- ‘आईटीयू पीपी’मा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दाNepal Khabar
- COP31: Himalayan flash floods should push all to act ‘faster and fairer’ on climate change: UN climate chiefThe Hindu
- जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यताNagarik News
- चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइतेOnlinekhabar (Nepali)
- झापामा मानव-हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै : १६ वर्षमा ८० जनाको मृत्युDC Nepal
- सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?Nagarik News