Skip to main content
वातावरणNagarik News

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

Read the full story at Nagarik News

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त प्रश्न गरेका हुन्। उनले हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। नेता आङ्देम्बे नागरिकको जीवनसँग जोडिएको विषयमा सरकारको उदासीनता कहिलेसम्म रहने भन्दै अब सडक सुरक्षामा ठोस सुधार आवश्यक रहेको औंल्याए।

राज्यले नागरिकको जीवनको मूल्य बुझ्नुपर्ने उनको भनाइ छ। 'हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ। नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो,' उनले प्रश्न गर्दै भने, 'सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन? नागरिकको जीवनसँग जोडिएको विषयमा सरकारको यस्तो उदासीनता कहिलेसम्म?

अब सडक सुरक्षामा ठोस सुधार आवश्यक छ। राज्यले नागरिकको जीवनको मूल्य बुझ्नुपर्छ।