जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यता
Read the full story at Nagarik News

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्वलाई पहिचान तथा प्रोत्साहन गर्न सार्वजनिक भएको हो। गैरराज्य पक्षका निकायले शून्य खुद कार्बन उत्सर्जन (नेट–जिरो) हासिल गर्न अघि बढाएका विविध प्रयासलाई पारदर्शी बनाउने र उनीहरूको नेतृत्वलाई पहिचान गर्ने उद्देश्यले यो ढाँचा ल्याइएको सचिवालयले जनाएको छ।
उक्त स्वेच्छिक ढाँचाले व्यवसाय, वित्तीय संस्था, सहर, क्षेत्रीय सरकार तथा अन्य गैरराज्य पक्षका निकायलाई नेट–जिरो प्रतिबद्धताका आधारमा तय गरिएका मापदण्ड र लक्ष्य प्राप्तिका लागि भएका प्रगति सार्वजनिक गर्ने अवसर प्रदान गर्नेछ। सन् २०१४ देखि गैरराज्य पक्षको जलवायु कार्यका लागि संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले सञ्चालन गर्दै आएको विश्वव्यापी मञ्च ‘नाज्का’ (नन–स्टेट एक्टर जोन फर क्लाइमेट एक्सन) पोर्टलमार्फत स्वेच्छाले आबद्ध हुने संस्थाका विवरण सार्वजनिक गरिनेछ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले नेट–जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण भएको बताए। उनले भने, “संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनको नेट-जिरो मान्यता ढाँचा पारदर्शिताका लागि महत्त्वपूर्ण उपकरण हो र आज यो परीक्षण चरणबाट कार्यान्वयनमा प्रवेश गरेको छ।
More environment
- ‘आईटीयू पीपी’मा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दाNepal Khabar
- COP31: Himalayan flash floods should push all to act ‘faster and fairer’ on climate change: UN climate chiefThe Hindu
- जीवन विकास लघुवित्तको नाफा ३८.१५ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ४६.०३ रुपैयाँBizmandu
- चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइतेOnlinekhabar (Nepali)
- झापामा मानव-हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै : १६ वर्षमा ८० जनाको मृत्युDC Nepal
- सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?Nagarik News