१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Read the full story at Ratopati
_fam6WtIhIE.jpg&w=1920&q=70)
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१२ बजे १२’ समाचार लिएर हाजिर भएका छौँ– गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ७ हजार घरमा क्षति पुर्याएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए।
विपत्तिमा ५ हजार २ सयभन्दा बढी व्यक्ति बेपत्ता भएका थिए । मुस्किलले ज्यान जोगाएका विस्थापितहरूको दैनिकी झन् कष्टकर बन्दै गएको छ। पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएपछि आगामी आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात सुरु हुने सम्भावना देखिएको छ।
केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले खेतमा काट्न बाँकी रहेको धानबाली र सुकाउन राखिएको पराल सुरक्षित गर्न मौसमविद्हरूले किसानलाई सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भेगका फाट्टफुट्ट स्थानमा हल्का वर्षा देखिए पनि ठुलो मौसमी फेरबदल हुने छैन।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar