डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटेकाे लय
Read the full story at Onlinekhabar (Nepali)

वार्नरको भूमिका ब्याटिङमा रन बनाउनमा मात्र सीमित छैन। खेलका क्रममा उनले दिने सुझाव र रणनीतिक सल्लाह पनि काठमान्डुका लागि महत्त्वपूर्ण बनेको छ। २३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरको आगमनपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको छ। सिजनको पहिलो खेलमा पराजित भएको काठमान्डुले वार्नर टोलीमा जोडिएपछि जितको लय समातेको हो।
सोमबार बागमती डर्बीमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डुले लगातार चौथो जित निकालेको छ। पाँच खेलबाट आठ अंक जोडेको काठमान्डु अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। वार्नरले काठमान्डुबाट खेलेको पहिलो खेलमा कर्णाली याक्स विरुद्ध १६ रन बनाएका थिए। तर दोस्रो खेलमा विराटनगर विरुद्ध अविजित ४४ रन बनाउँदै टोलीको जितमा योगदान दिए। तेस्रो खेलमा वार्नरले शानदार ब्याटिङ गर्दै अर्धशतक नै प्रहार गरे ।
लुम्बिनी लायन्सविरुद्ध उनले बनाएको ६६ रन मद्दतमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको काठमान्डुले लुम्बिनीलाई पहिलो हार चखाएको थियो । सोमबार चितवन राइनोज विरुद्धको खेलमा भने १ रन मात्र बनाउन सकेका वार्नरले फिल्डिङमा एक महत्त्वपूर्ण क्याच लिएका थिए। तर वार्नरको उपस्थिति काठमान्डुका लागि मैदानको प्रदर्शनमा मात्रै सीमित छैन । लगातार चार जितपछि काठमान्डुको अब प्लेअफमा पनि लगभग स्थान पक्का हुने देखिएको छ ।
More politics
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar