‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्य
Read the full story at Nepal Khabar

आफूलाई 'लुसिफर' को आरोप लाग्ने गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा नयाँ लुक्स सार्वजनिक गरेका छन्। सोमबार दिउँसो आफ्नो आधिकारिक फेसबुक पेजबाट नयाँ लुक्ससहितको तस्बिर पोस्ट गरेका उनले त्यसमा 'लुसिफर' गीतसमेत प्रयोग गरेका छन्। प्रधानमन्त्री शाहले फेसबुक पोस्टमा गीतको प्रयोग गरेर व्यंग्यात्मक सन्देश दिने शैली अपनाउँदै आएका छन्।
उनका पोस्टमा प्रयोग हुने गीत र त्यसको छनोटलाई धेरैले सांकेतिक अभिव्यक्तिका रूपमा बुझ्ने गरेका छन्। पछिल्लो समय उनलाई 'लुसिफर' भन्दै आलोचना तथा आरोप लगाउनेहरू पनि देखिएका छन्। यस्तो पृष्ठभूमिमा उनले आफ्नो नयाँ लुक सार्वजनिक गर्दा त्यही नामको गीत प्रयोग गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, सोमबारको पोस्टमार्फत उनले कसैलाई लक्षित गरेका हुन् वा आफूमाथि लागेका आरोपप्रति व्यंग्य गरेका हुन् भन्नेबारे कुनै स्पष्ट सन्देश दिएका छैनन्। प्रधानमन्त्री शाहका यस्ता सांकेतिक पोस्टले सामाजिक सञ्जालमा चर्चा पाउने गरेका छन्। यसपटक भने नयाँ लुकसँगै गीतको छनोटले उनको पोस्टलाई थप चासोको विषय बनाएको छ।
More politics
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar