Skip to main content
राजनीतिNepal Khabar5 outlets covering

अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थान

Read the full story at Nepal Khabar

अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्की प्रस्थान गरेका छन्।

अर्थमन्त्री वाग्ले सोमबार टर्किस एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन्। कोप-३१ मा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न उच्चस्तरीय शत्रहरूमा पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको छ।

टर्कीको आन्ताल्यामा सोमबार कोप-३१ सुरु भएको छ। सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन्।