Skip to main content
राजनीतिNepal Khabar4 outlets covering

जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइते

Read the full story at Nepal Khabar

जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइते

सोमबार दिउँसो थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे. १ च ३११२ नम्बरको डबल क्याप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको छ। दुर्घटनामा आठबिसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेहरूमा १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, आठ वर्षीय युवराज थापा र चार वर्षीया विरता थापा रहेका छन्। वीरबहादुरकै गाडी रहेको प्रहरीले जानकारी दिएको छ। यसैगरी, २५ वर्षीया हिरा थापा र दुई वर्षीय गौरव थापा मध्यम घाइते भएका छन्।

अन्य पाँच जना २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमान्डमा सात जनाको प्रहरी टोली खटिएको छ।