टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा
Read the full story at Setopati

विश्व जलवायु सम्मेलन (कोप–३१) को पहिलो दिन सोमबार टर्कीको आन्ताल्यामा एउटा यस्तो वैज्ञानिक प्रतिवेदन सार्वजनिक भएको छ, जसले नेपालको जलवायु मुद्दालाई बलियो आधार दिएको छ। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको हिमाली क्षेत्रको जलवायु जोखिम र न्यायको मुद्दालाई बलियो आधार दिने त्यो प्रतिवेदन राष्ट्रसंघको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको हो। उक्त प्रतिवेदनले पृथ्वीमा ताप जम्मा हुने गति पहिलेभन्दा तीव्र भएको र त्यसले हिमनदी पग्लिने, हिमपहिरो जाने तथा आकस्मिक बाढी जस्ता विपदको जोखिम बढाउने चेतावनी दिएको छ।
प्रतिवेदन सार्वजनिक गर्दै संगठनकी महासचिव सेलेस्टे साउलोले नेपालमा भएका विनाशकारी हिम तथा चट्टान खस्ने घटना र त्यसपछिका आकस्मिक बाढीलाई विशेष रूपमा उल्लेख गरेकी छन्। विश्व मौसम संगठनले नेपालकै घटनालाई उदाहरण बनाएर दिएको यो चेतावनी महत्त्वपूर्ण छ। किनभने, नेपालले लामो समयदेखि विश्व जलवायु सम्मेलनहरूमा हरितगृह ग्यास उत्सर्जनमा आफ्नो योगदान कम भए पनि त्यसको गम्भीर असर हिमाली क्षेत्रले भोगिरहेको भन्दै आएको छ।
जलवायु न्याय, आर्थिक सहयोग र हानि तथा नोक्सानी कोषमा सहज पहुँचको माग पनि गर्दै आएको छ। विश्व मौसम संगठनको प्रतिवेदनले नेपालको आर्थिक सहयोगसम्बन्धी मागलाई प्रत्यक्ष समर्थन भने गरेको होइन। यसले त्यस्ता मागका पछाडि रहेका हिमाली जोखिमको वैज्ञानिक आधार थप स्पष्ट पारेको हो।
More sports
- तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउNepal Khabar
- क्रोएसियामा इस्ट नेपाललाई एसएसपी गोल्डकपको उपाधिNepal Khabar
- तिहारमा रातभर देउसी भैलो खेल्न पाइनेNepal Khabar
- पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउNepal Khabar
- Youth Olympic Games: How Pegu bounced back from a near miss to clinch bronzeThe Hindu
- लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमाOnlinekhabar (Nepali)