Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

Read the full story at Onlinekhabar (Nepali)

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस जितपछि काठमान्डु प्लेअफको निकै नजिक पुगेको छ । चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अंकसहित चौथो स्थानमा छ । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ । काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो ।

यस जितपछि काठमान्डु प्लेअफको निकै नजिक पुगेको छ । चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अंकसहित चौथो स्थानमा छ । चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । उनले ३५ बल खेल्दै २ चौका र ३ छक्का मदतमा सर्वाधिक ५५ रन बनाए । यस्तै डान मोस्लीले २९, ओपनर किमल मिसराले २८ र विकेटकिपर अर्जुन साउदले २३ रन बनाए । कुशल मल्ल १३ रनमा आउट भए ।

विवेककुमार यादव ४ रनमा रनआउट भए । कप्तान सिकन्दर राजा २ रन बनाएर आउट भए । उनलाई यसै खेलमाबाट एनपीएलमा डेब्यु गरेका काठमान्डुका आइकोनिक खेलाडी गणेश गौतमले आउट गरे । त्यसअघि रासिद खानको अर्धशतक मदतमा कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । काठमान्डुका लागि रासिदले यस सिजनको दोस्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए ।