प्रेम सम्बन्धको हल्लाबिच गोविन्दा र कोमल रानीको तस्बिरले फेरि पायो चर्चा
Read the full story at Nagarik News

बलिउड अभिनेत्री कोमल रानीले हालै आफ्नो इन्स्टाग्राममा फिल्म ‘रूपा’ को प्रचारप्रसारका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गरेकी छन्। उनले तस्बिरसँगै फिल्म ‘रूपा’ का सुन्दर झलकहरू’ भन्ने क्याप्सन लेखेकी छन्। सार्वजनिक तस्बिरमा गोविन्दा सेतो ब्लेजर, कालो पाइन्ट र ठूलो चश्मामा देखिएका छन् भने कोमल ल्याभेन्डर रङको साडी, आकर्षक बैजनी ब्लाउज र गरगहनामा देखिएकी छन्। केही तस्बिरमा उनीहरू निकै नजिक देखिएका छन्।
एउटा तस्बिरमा गोविन्दाले कोमललाई पछाडिबाट अँगालो हालेका छन् भने अर्को तस्बिरमा दुवै हात समातेर हिँडिरहेको देखिन्छ। यद्यपि यी तस्बिर फिल्मको प्रचारप्रसारकै क्रममा खिचिएका हुन्, तर उनीहरूको व्यक्तिगत सम्बन्धबारे यसअघि पनि विभिन्न अड्कलबाजी भइरहेकाले तस्बिरले थप चर्चा पाएको छ। गोविन्दा र कोमलबीचको सम्बन्धलाई लिएर सन् २०२६ को सुरुदेखि नै विभिन्न चर्चा हुँदै आएका छन्। गत सेप्टेम्बरमा गोविन्दा र कोमल मुम्बईस्थित लालबागचा राजाको पण्डालमा आशीर्वाद लिन पुगेका थिए।
त्यसबेला गोविन्दाले उक्त भ्रमण फिल्म ‘रूपा’ सँग सम्बन्धित रहेको बताएका थिए। प्रेम सम्बन्ध रहेको हल्लाबारे गोविन्दाले त्यसलाई खण्डन गरेका थिए। उनले यो आफ्नो छवि बिगार्न र परिवारमा विवाद सिर्जना गर्न योजनाबद्ध रूपमा फैलाइएको षड्यन्त्र भएको बताएका थिए। उनले कोमलसँगको आफ्नो सम्बन्ध व्यावसायिक मात्र रहेको स्पष्ट पारेका थिए।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar