इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स
Read the full story at Onlinekhabar (Nepali)

भान्सले लेखेका छन्, ‘हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो युद्धका लागि उपयुक्त थियो भनेर तर्क गर्छ भने गरोस्, तर हामी किन हार्यौँ भन्ने कुरा सबैलाई थाहा छ। ’ भान्सले नेतान्याहु प्रशासनले इरानका विषयमा सबै कुरा गलत आकलन गरेको आरोप लगाउँदै इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक बोझ बनेको दाबी गरेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भान्सको विश्लेषण ‘धेरै हदसम्म सत्य’ भएको स्वीकार गरे पनि युद्ध आवश्यक रहेको अडान दोहोर्याए। ट्रम्पले भने, ‘हामीसँग अरू कुनै विकल्प थिएन। इरानलाई परमाणु हतियार बनाउन दिन सकिँदैनथ्यो। म युद्ध जुनसुकै बेला अन्त्य गर्न सक्छु, तर यो सही तरिकाले हुनुपर्छ।
’ चुनावी परिणामपछि इरानले यसलाई ट्रम्पको राजनीतिक पराजयका रूपमा उत्सव मनाइरहँदा ट्रम्पका निकटस्थ सल्लाहकारहरू भने उनको भावी कदमलाई लिएर अन्योलमा परेका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले ट्रम्पको चुनावी हारलाई इरानको रणनीतिक र राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। रेजाईले एक्समा लेखेका छन्,’इरानी जनताले ट्रम्पलाई युद्धको मैदानमा, हर्मुजमा र वासिङ्टनमा राजनीतिक रूपमै रणनीतिक पराजय चखाएका छन्।
More politics
- ‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)Nepal Khabar
- हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौलाNepal Khabar
- प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन शाहीको मागNepal Khabar
- तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंगNepal Khabar
- जग्गा धनी पुर्जा माग्दै झापामा ६० हजार परिवारले दिए आवेदनNepal Khabar
- कालीमाटीमा भन्टा र प्याजको मूल्य बढ्यो, भिन्डीको घट्योNepal Khabar