Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

Read the full story at Onlinekhabar (Nepali)

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। अभियानको अवधि विस्तारसँगै ग्राहकले ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढी मूल्यका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमै सामान प्राप्त गर्ने लगायत सुविधा पाउनेछन्। अभियानका सुरुवाती दिनमै विभिन्न सामग्रीमा ग्राहकको उल्लेखनीय आकर्षण देखिएपछि अवधि थप गरिएको कम्पनीले जनाएको छ।

यस वर्षको ११.११ अभियान तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन भइरहेको छ। यसअघि दराजले दसैँलाई लक्षित गरी १०.१० अभियान सञ्चालन गरेको थियो। दराजका अनुसार अभियानको सुरुवाती चरणमा विद्युतीय सामग्री, पहिरन, फेसन, दैनिक उपभोग्य वस्तु तथा घर सजावटका सामग्रीमा ग्राहकको बढी आकर्षण देखिएको छ। विद्युतीय सामग्रीतर्फ इयरबड, हेडफोन, स्मार्टफोन, स्मार्ट घडी, भान्सामा प्रयोग हुने उपकरण तथा अन्य घरायसी विद्युतीय सामग्रीको माग देखिएको छ।

त्यस्तै, पहिरन तथा फेसनअन्तर्गत महिला तथा पुरुषका जाडोयामका कपडा, जुत्ता, घडी, झोला तथा यात्रासम्बन्धी सामग्री ग्राहकको रोजाइमा परेका छन्। चाडपर्वका लागि आवश्यक खाद्यवस्तु तथा घरायसी उपभोगका सामग्रीसँगै व्यायामका उपकरण, प्रोटिनजन्य उत्पादन, पुस्तक तथा लेखन सामग्रीमा समेत ग्राहकको रुचि देखिएको कम्पनीले जनाएको छ।