सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको चेङ्दुमा ओर्लने छन् । सिचुवानबाट सुरु भएको प्रतिनिधिमण्डल भ्रमण बेइजिङ पुगेर सकिने छ । सिचुवान पुगेको टोलीले दोस्रो दिनबाट अध्ययन भ्रमण सुरु गर्नेछ ।
नोभेम्बर १६ मा सिचुवानमा रहेको ‘हाइटेक इन्टरप्राइजेज एण्ड इन्ड्रस्टियल पार्क’ मा भ्रमण गर्ने भएका छन् । त्यसै दिन पार्टी स्कूल अफ सीपीसीका नेताहरूबाट रास्वपा सांसदहरूले विचार आदानप्रदान गर्नेछन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा भ्रमणमा रहेको टोलीमा पार्टीका तर्फबाट विचार उनैले राख्नेछन् । नोभेम्बर १७ मा भूकम्पपछिको पुर्न निर्माणबारे वेन्चुआनमा भ्रमण गर्ने भएका छन् । सन् २००८ मा ७.८ म्याग्नीच्युडको भूकम्प यस क्षेत्रमा गएको थियो ।
उक्त भूकम्पमा परेर ८७ हजार बढीको ज्यान गएको थियो । भ्रमण टोलीले नोभेम्बर १८ मा छेङ्दुमा रहेको अनुन्धानमा आधारित ‘जायन्ट पाण्डा व्रिडिङ’ को अध्ययन भ्रमण गर्नेछ । त्यसैदिन सिचुवान युनिभर्सिटी (विश्वविद्यालय) मा विपद् प्रतिकार्य व्यवस्थापन विषयक अन्तक्रिर्यामा सहभागी हुनेछन् । नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्तका लागि उड्ने छ ।
More politics
- भीमफेदी दुर्घटनाका पीडित परिवारलाई ‘यथाशीघ्र’ क्षतिपूर्ति दिन सरकारले अगाडि बढायो प्रक्रियाNepal Khabar
- राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्Nepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- एनभिडियाको सीईओबाट हटाइएका हुआङको तेस्रो ‘अफेयर’ खुलासाNepal Khabar
- भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारीNepal Khabar