Skip to main content
अर्थतन्त्रBizmandu

नुवाकोटमा मोटरसाइकल दुर्घटना, सख्त घाइते चालकसहित तीन जनाको मृत्यु

Read the full story at Bizmandu

काठमाडौं। नुवाकोटको विदुर–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब ११ बजे बा९९प ८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास-५ घर भई हाल विदुर-९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर-१३ की ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। The post नुवाकोटमा मोटरसाइकल दुर्घटना, सख्त घाइते चालकसहित तीन जनाको मृत्यु appeared first on BIZMANDU .