सेयर बजार १२.९५ अंक घट्यो, सूचक २६५२ विन्दुमा आउँदा ४ अर्ब ७२ करोडको किनबेच
Read the full story at Bizmandu
काठमाडौं। सेयर बजार घटेको छ। नेप्से परिसूचक बिहीबार १२.९५ अंक ओरालो लागेर २६५२.५८ विन्दुमा झरेको छ। कारोबारमा आएका माइक्रो फाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन। विकास बैंकको सूचक सबैभन्दा धेरै ०.७० प्रतिशतले घटेको छ।
बजारमा २२१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ। बजारमा ५६ कम्पनीको सेयर भाउ बढेको छ। स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै २.८६ प्रतिशतले बढेको छ। बिहीबार सूचकसँगै कारोबार रकम घटेको छ।
बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ४ अर्ब ७२ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १८ करोड १९ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै, नेपाल रिइन्स्योरेन्सको १४ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। The post सेयर बजार १२.९५ अंक घट्यो, सूचक २६५२ विन्दुमा आउँदा ४ अर्ब ७२ करोडको किनबेच appeared first on BIZMANDU .
More business
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्योNepal Khabar
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशाOnlinekhabar (Nepali)
- विवादास्पद अडियो प्रकरण: निष्पक्ष छानबिनका लागि तयार छु, मेरो हातमा कुनै दाग छैन : गगन थापाDC Nepal