जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा
Read the full story at Onlinekhabar (Nepali)

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाममा पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमनमा थप सहज हुने अपेक्षा छ । १९ कात्तिक, जनकपुरधाम ।
जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको परीक्षण गरिएको छ । डब्ल्यूडीपी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाले भारत जयनगरदेखि जनकपुरधामको कुर्था स्टेसनसम्म परीक्षण गरेको हो । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाका अनुसार भारत बिहारको जयनगरदेखि विशेष परीक्षण गर्दै बिहान ११ बजे रेल जनकपुरधाम आइपुगेको थियो ।
उनका अनुसार प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी हुँदैछ । भारतीय उच्च अधिकारी इस्ट सेन्ट्रल रेल्वे हाजिपुरका एडिसनल जेनरल म्यानेजर अमरेन्द्र कुमार, रेल्वेको लिक अप्रेसन म्यानेजर, चिफ सेक्युरिटी कमान्डरसहितको टोली चढेर रेलको परीक्षण गरेका हुन् । परीक्षणको क्रममा जयनगरदेखि कुर्थासम्म नेपालको तर्फबाट पनि अधिकारीहरू सहभागी भएका थिए ।
More business
- प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी मौज्दातNepal Khabar
- सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्योNepal Khabar
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्थाNepal Khabar
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar