छठ व्रत विधि आजदेखि सुरु
Read the full story at Ratopati
_gdrdb6Ix8u.jpg&w=1920&q=70)
काठमाडौँ । राजधानी काठमाडौँ सहरमा प्रत्येक वर्ष छठ बर्तालुुको सङ्ख्या वृद्धि हुँदै गएको छ । भगवान् सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठ पर्वका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् । राजधानीमा करिब डेढ दर्जन स्थानमा भव्य रुपमा छठ पर्व मनाइने गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व राजधानीमै मनाउनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।
गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती नदी किनारमा यस वर्ष ६०० छठ घाटको व्यवस्था गरिएको समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए । विगत वर्षमा यहाँ ५५० छठ घाट निर्माण गरिएको थियो । निर्माण गरिएका सबै छठ घाट भाइटीका अघि नै ‘बुक’ भइसकेको उनले बताए । उनका अनुसार अहिले पनि दैनिक फोन र स्थलगत रुपमा कार्यालयमै आइ छठ घाट खोज्नेहरु आइरहेका छन् । गौरीघाटबाट गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघिका नदी किनारसम्म छठ घाट निर्माण गरिएको छ ।
त्यस क्षेत्रको वाग्मती किनारमा प्रत्येक वर्ष छठ घाट निर्माणस्थल विस्तार भएर गइरहेको छ । गत वर्ष गुह्येश्वरी मन्दिरअघिसम्म मात्र छठ घाट निर्माण गरिएको थियो । गत वर्ष बनाएका छठ घाटले नपुगेपछि यस वर्ष करिब ५० वटा छठ घाट वृद्धि गरिएको छ ।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar