कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । उनका अनुसार पुलको दुवै तर्फ माटो हालेर बाटो बनाउने, बाँध बाँध्ने र पुलमा रेलिंग लगाउने काम भइरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयको विशेष चासोमा पुल सञ्चालनको लागि तीव्र गतिमा काम जारी छ ।
गत ११ कात्तिकमा अनलाइनखबरले पुलमा राजनीति भन्ने शीर्षकमा समाचार प्रकाशन गरेपछि मन्त्रालयले विशेष चासो दिएको थियो । मन्त्री सुनिल लम्सालले सोही दिन राति सामाजिक सञ्जाल मार्फत पोस्ट गरी मंसिर पहिलो साता सञ्चालनमा आउने दाबी गरेका थिए । त्यस यता काममा गति दिइएको छ । ‘पुल निर्माणको काम अन्तिम चरणमा छ । एक्सपान्सन ज्वाइन्टको काम हुँदै छ ।
रेलिंग लगाउने, दुवै तर्फ माटो पुरेर बाटो बनाउने र बाँध बाँध्ने काम जारी छ । मंसिर पहिलो सातादेखि पुल सञ्चालनमा आउँछ,’ उनले भने । डेढदशकदेखि पुल अलपत्र हुँदा मधेशको लाइफलाइन हुलाकी राजमार्ग भएर आवतजावत गर्ने दैनिक हजारौं नागरिकले सास्ती भोग्दै आएका छन् ।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar