Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री

Read the full story at Onlinekhabar (Nepali)

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले पाँच रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । फूलसँगै गोकर्णको कृषि उद्यम र आत्मनिर्भर बन्ने सपना पनि फुलिरहेको छ ।

ग्यालेक्सी फर्ममार्फत कृषि व्यवसाय सञ्चालन गर्दै आएका नेपालीले तिहार पर्वलाई लक्षित गरी व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका हुन् । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले चाडपर्वलाई बजारको अवसरका रूपमा उपयोग गर्दै उनले पाँच रोपनी जमिनमा पुष्प खेती गरेका छन् । केही वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका गोकर्णले गाउँमै बसेर केही नयाँ गर्ने अठोटका साथ कृषि क्षेत्र रोजेका हुन् । स्वदेश फर्किएपछि उनले सुरुमा घाँसका बिरुवा उत्पादन गर्न थाले ।

कृषि क्षेत्रमा सम्भावना खोज्दै अघि बढेका उनले विस्तारै पुष्प खेतीलाई समेत आफ्नो व्यवसायको हिस्सा बनाएका छन् । पछिल्लो समय रोजगारी र अवसरको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला गोकर्ण भने आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन् । परम्परागत खेतीमा मात्र सीमित नभई बजारको माग र सम्भावनालाई पहिचान गर्दै व्यावसायिक खेतीमा लाग्नु उनको फरक प्रयास हो । नेपालीको दोस्रो ठूलो चाड तिहारमा सयपत्री फूलको विशेष महत्व छ ।