ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्यु
Read the full story at Nepal Khabar

इटहरी उपमहानगरपालिका-१३ काेसी राजमार्गस्थित पेट्रोल पम्प नजिकै ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। उनीहरूको पहिचान अझै खुलेको छैन। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश नम्बार १-०४-००१ ख ०००८ नम्बरको ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कोसी अस्पताल, विराटनगर पठाएकोमा अस्पताल पुर्याउनासाथ राति १२:११ बजे डाक्टरले मृत घोषणा गरेका थिए। मृतक दुवै जना अन्दाजी ३०-३५ वर्षका पुरुष छन्। उनीहरूको पहिचानको प्रयास भइरहेको डीएसपी खड्काले जानकारी दपए।
दुर्घटनामा संलग्न ट्रकका चालक फरार रहेकन छन्।
More business
- गगनलाई देउवाको कटाक्ष- पार्टी पैसाको प्रभावमा होइन, कार्यकर्ताको विश्वासमा चल्नुपर्छNepal Khabar
- कर्णाली सरकारले सार्वजनिक गर्यो १०० दिनको उपलब्धिNepal Khabar
- Saudi Arabia restricts foreign workers in 97 tourism and administrative job titlesKathmandu Post
- नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्वDC Nepal
- Paraguay's ousted President charged with crimes linked to collapse of major bankThe Hindu
- तिहारकाे राैनकसँगै चम्कियाे मिठाई र बत्तीको व्यापारNagarik News