कर्णाली सरकारले सार्वजनिक गर्यो १०० दिनको उपलब्धि
Read the full story at Nepal Khabar

कर्णाली प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित 'पत्रकार भेटघाट तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रम'मार्फत प्रदेश सरकार गठनको १०० दिनको उपलब्धि सार्वजनिक गरिएको हो। मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकारले १०० दिनमा अपेक्षित काम गरेको दाबी गर्दै कात्तिक २० गतेसम्म पुँजीगत तीन दशमलव ९३ र चालु १२ दशमलव २४ प्रतिशत गरी कूल सात दशमलव २० प्रतिशत खर्च भएको बताए।
'यो खर्च प्रगति गत आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकभन्दा बढी हो । स्रोत तथा जनशक्ति अभाव भए पनि नियमित काम धमाधम अगाडि बढिरहेका छन्,' उनले भने। मुख्यमन्त्री शाहीले पाँच विधेयक, दुई नियमावली, एक शैक्षिक योजना, छ कार्यविधि प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको बताउनुभयो ।
मुलतः आगामी मङ्सिर १६-२७ गतेसम्म कर्णालीमा सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पन्नता सम्पूर्ण तयारीका निम्ति प्रदेश सरकार युद्धस्तरमा काम गर्दै आएको उनले बताए। भोटकोशी बाढीपीडितका लागि रु दुई करोड रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा, बाढी प्रभावितका लागि कर्णालीका दशवटै जिल्लामा रु १५ लाखका दरले जिल्ला विपद् व्यवस्थापन कोषमा शव ढुवानी तथा कीरिया खर्चबापत जम्मा गरिएको छ ।
More business
- Saudi Arabia restricts foreign workers in 97 tourism and administrative job titlesKathmandu Post
- गगनलाई देउवाको कटाक्ष- पार्टी पैसाको प्रभावमा होइन, कार्यकर्ताको विश्वासमा चल्नुपर्छNepal Khabar
- नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्वDC Nepal
- इटहरीमा ट्रकको ठक्करबा६ मोटरसाइकलमा सवार २ जनाको मृत्युThaha Khabar
- Paraguay's ousted President charged with crimes linked to collapse of major bankThe Hindu
- विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्रीOnlinekhabar (Nepali)